धरान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दूइ तिहाई संसदको अविश्वास । संसदका विश्वासको मत लिन नसकेपछि प्रचण्ड नेतृत्वको सरकार १९ महिना पछि  ढलेको छ । प्रधानमन्त्रि हुदा सूरुमा दुइतिहाई भन्दा धेरै संसदको विश्वासको मत पाएका प्रचण्ड भएको १९ महिनामा  ५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरे । शुक्रकार प्रतिनिधि सभा वैठकमा उपस्थित २सय ५८ संसद मध्ये   प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मात्र  मतदान गरे । उनको विपक्षमा काग्रेस, एमाले, राप्रपा लगाएतका  १ सय ९४ संसदले मतदान गरे भने मत दिन्न भन्नेमा १ मत मात्र परेको थियो । प्रतिनिधी सभामा २ सय ७५ सदस्य रहेको छन ।  संसदमा  दुईतिहाइका लागि १सय ८४ मतको आवश्यक पर्छ  तर प्रधामन्त्रिको प्रस्तावको विपक्षमा १ सय ९४ संसदले मतदान गरे ।  प्रचण्ड  २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा  नियुक्त भएका थिए ।