धरान । काेशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा स्थापित यु एन नवोदय कलेजले बि एच एम अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क ल्यापटप बितरण गरेको छ।
यु एन नवाेदयमा +2 अध्ययन गरेका र हाल बि एच एम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क डेल ब्रान्डका ल्यापटप कलेजले बितरण गरेको हाे ।यु एन नवोदय मा +2 पास गरेर बि एच एम पढ्ने सबै विद्यार्थीहरुले अब देखि निशुल्क ब्रान्डेड ल्यापटप प्राप्त गर्ने क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो ले बताउनु भयो। 

विद्यार्थीहरु लाई क्याम्पस का निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो , होटेल व्यस्थापन कोर्डिनेटर गगन श्रेश्ठ र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोश काफ्ले ज्युको हातबाट ल्यापटप हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले अबको समय सुचना र प्रविधि, च्याट जि पि टि, ए आई र डिप सिकको समय भएकोले विद्यार्थीहरुलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुगोस भन्ने उदेश्यले निशुल्क ल्यापटप वितरण गरिएको जानकारी दिनु भयो। कार्यक्रममा स्वागत मन्तव्य गगन श्रेस्ठ र कार्यक्रम को अध्यक्षता ज्ञानेश्वर झा ले गर्नु भएको थियो।


