धरान । पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)सँग सडनडेथमा पराजित हुँदै  २५ औ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर पनि ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथमा पुगेको थियो । धरान फुटबल क्लबका मनोज राईको प्रहार पोष्ट माथीबाट बाहिरिएपछि युकेएफसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १७ औं मिनेटमा नै उत्कृष्ट गोल गर्दै हेमराज भुजेलले युकेएसफीलाई अग्रता दिलाएका थिए । नयन प्रधानले प्रहार गरेको पावर सट धरानका गोल किपर प्रविण लिम्बूले रोकेपछि रिबाउण्डमा भुजेलले उत्कृष्ट गोल गरे । खेलको ४४ औं मिनेटमा धरानका बिनोद राईले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । मैदानको बिचभागबाट बल अघि बढाउदै उनले गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको धरानले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल गर्ने अवसर धेरै गुमाएको थियो । दोस्रो हाफको ११ औं मिनेटमा मनोज राईले मिलाइदिएको क्रसपासलाई डिबक्स भित्रबाट तपन कार्कीले गोल गर्न चुके । २३ औं मिनेटमा कार्लाेसले दिएको पासलाई बिबेक राईले हेड गोल गर्न चुके । राम्रो खेल प्रदर्शन गरेको भए पनि पाएका मौका सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो धरानका कोच हेम गुरुगंले भने सडेन डेथमा गोल गर्न नसक्नु  नै हाम्रो दुर्भाग्य भयो । 

 पहिलो हाफमा राम्रो पर्दशन गरेका भए पनि दास्रो हाफमा भने  राम्रो प्रदर्शन गर्न सकेन ।   सुरुवात २५औ मिनेट सम्म धरानलाई दवावमा राखेको थियो । पाएक राम्रा मौकाको युकेएफसीले सदुपयोग गर्न सकेन । खेलको ८औ मिनेटमा युकेएफसीका नयन प्रधानले दिएको लामो क्रसपासमा विरेन प्रधानले हेडगोल गर्न चुके । राम्रो प्रदर्शन गरको भए पनि ४४ औ मिनेटमा नसोकेको खोल खानु परेको युकेएफसीका कोच मेघराज थापाले वताए । उनले हामीले १ शुन्यले जित्नु पर्ने भए पनि ४४ औ मिनेटमा सानो कमजोरी हुदा गोल खान पुग्यौ , खेल ट्राइबेकरमा पुग्योै ।    खेलको म्यान अफ द म्याच युकेएफसीका हेमराज भुजेल घोषित भए । उनले  नगद १० हजार पाए ।    

टाइब्रेकरमा धरानका दोर्जे तामाङ, बिवेक राई, सुम जिमी, कार्लाेस सम  र बाफोर ले गोल गरे । त्यस्तै सडनडेथमा धरानका प्रज्वल थापाले गोल गरेभने मनोज राईको प्रहार आकाशिएको थियो । त्यस्तै टाइब्रेकरमा युकेएफसीका बिशाल क्षेत्री, सदिस राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे । सडनडेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गरेका थिए । बुढासुब्बा गोल्डकपमा भोली सोमबार इटहरीको राजा क्लब र भुटानको आरटिसीबीच हुने  छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।