धरान । मोफसलको चर्चित  गोल्डकपको रुपमा रहेको २५ औ बुढासुब्बा गोल्डकप  फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको  बलमचभध भदय थबmबजब पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे  । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । तुलनात्मक रुपमा चर्च ब्वाइजले पहिलो हाफ भन्दा राम्रो प्रदर्शन गरेको थियो । 
पहिलो हाफको १० औं मिनेटमा पुलिसका राम वजीले डिबक्सबाट प्रहार गरेका बल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको १९ औं मिनेटमा चार पटकको विजेता सन्जित लामाको पासमा विवेक पाण्डेले प्रहार गरेको बल चर्च ब्वाइजका गोल किपर निर्सल मोक्तान  ले मुस्किलले पञ्च गरेका थिए ।
चर्च ब्वाइजका समिर तामाङले खेलको २४ औं मिनेटमा प्रहार गरेको बल गोल किपर सञ्जिव श्रेष्ठले मुस्किलले बचाएका थिए । खेलको ७० औं मिनेटमा चर्च ब्वाइजका दिपेश गुरुङले मिलाइदिएको लामो पासलाई समिर तामाङले डिबक्सबाट गोल गर्न चुके । 
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् । खेलको उत्कृष्ट खेलाडीले  नगद १ लाख पाउने छ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५ ,२५ हजार नगद पाउने छन् ।  प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णबहादुर बस्नेतले गरेका थिए । भोलीको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक धरान फुुटबल क्लवले युके एफ सी भारतको सामाना गर्ने छ ।