धरान । मोरङ र सुनसरीबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० वाट स्थानीय २२ वर्षीय रोशन बि.क लाई निषेधित औषधी ट्रमा डोल–३४० चक्की र स्पा पेन–३८० चक्की सहित स्थितमा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । इटहरी उप–महानगरपालिका– २० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्राम डोल र स्पासमो ८० चक्की सहित प्रहरी चौकी तरहरा सुनसरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार धरान उप–महानगरपालिका–८ का १९ वर्षीय अभिषेक मंग्रान्तीलाई ट्राम डोल–१०० क्याप्सुल, प्रतिबन्धित औषधी स्पा पेन– २० चक्की र स्पासमो– ३० चक्की सहित अस्थायी प्रहरी पोस्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । लागु औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।