धरान ःकोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ । प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ–आफ्नो समस्या तथा गुनासो राखेका थिए ।
भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय विराटनगरले यो कार्यक्रम पुनः संचालनमा ल्याएको हो ।
“प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तररुपमा संचालन गर्ने कार्यलयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक भिम दाहालले जानकारी दिनुभयो ।