धरान  ः नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै दलको सहमतिमा  संविधान संशोधन हुने बताएका छन् । “एक दुई दलको सहमतिबाट मात्र संविधान संशोधन हुँदैन नेता सिंहले भने – सबै दलको सहमतिमा संविधान संशोधन मात्र संविधान संशोधन हुन्छ ।’’ मुलुकमा राजनीतिक स्थिरताका लागि जनताको चाहना अनुसार बनेको वर्तमान काँग्रेस–एमालेको गठबन्धन सरकार २०८४ को आमनिर्वाचन सम्म जाने कुरामा कुनै शङ्का नभएको उनको भनाई थियो  ।  प्रेस युनियन सुनसरीले  आइतबार धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री  सिंहले  सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्र भएको भन्दै हल्लाको पछि नलाग्न आग्रह  गरे ।  राजनीतिक स्थिरता, स्थायित्वका लागि बनेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताउँदै  उहाँले यही सरकारले आगामी आम निर्वाचन गराउने दाबी गरे ।  नेता सिंहले मुलुकमा देखा परेको राजनीतिक अस्थिर परिस्थितिका कारण दुई प्रमुख पार्टी मिलेर सरकार बनाउनु परेको बताउँदै  परिस्थितिले दुई ठुला पार्टीलाई एक ठाउँमा ल्याएको कारण    यसलाई अलोकतान्त्रिक भन्न नमिल्ने बताए   । पछिल्ला समय जनताले मुलुकमा राजनीतिक स्थिरता तथा स्थायित्वको माग गरेको  पटक पटक सरकार बन्ने र ढल्ने प्रक्रियाले राजनीतिमा विकृति भित्रिनुका साथै विकास, निर्माण सहित जनता समस्या उपेक्षित बनेको कारण वर्तमान सरकार बनेको  उनको तर्क थियो ।