धरान । युटुवमा ३३ मिलियन भ्यूज पाएको थामन हात बोलको गीतका गायक आज (मंगलबार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएकाछन् । “समयसंगै यी घाउहरु हराइजान्छ” बोलको चारहप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाएकोछ । तिनै चर्चित गायक श्रेष्ठ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाहुन् । समिर श्रेष्ठका थुप्रै गीहरुले समेत युटुवमा मिलियन दर्शक पाएकोछ । अग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आज साँझ ९ बजेदे िधराने दर्शकहरुसंगै गायक श्रेष्ठले धरानेसंगै नयाँ वर्षको स्वागत गर्ने छन् । गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज दशौँदिन श्रेष्ठलाई धरान ल्याइएको महोत्सव आयोजक नेचर क्लवका अध्यक्ष कृष्ण राईले जानकारी दिए । त्यस्तै बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए । धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।