काेशी प्रदेशमा पहिलाे पटक प्रदेश स्तरीय वियर महाेत्वस हुने भएकाे छ । सुनसरि उद्योग वाणिज्य संघकाे आयाेजनामा असाेज १७ गते देखि धरानमा वियर महाेत्व हुन लागेकाे हाे । धरान १५ स्थित हाेटल ईजिराईडर्स मा दुईदिन सम्म हुने महाेत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम समेत हुने आयाेजकले जनाएकाे छ । महाेत्सवमा सिजि ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरु सहभागी हुने महाेत्सवका संयाेजक नवीन तामाङ ले जानकारि दिए । महोत्सवमा भिन्न भिन्न ब्रुअरी कम्पनीहरुका फरक फरक ब्राण्डका अल्कोहलका मात्रा फरक फरक भएको सम्पूर्ण बियरहरु एकै स्थानमा काेशि प्रदेश सबै जिल्लाका वियर पारखीहरुकोलागि प्रदर्शन,अवलोन र टेष्टिङ काेव्यवस्था रहेकाे तामाङले वताए । 

उनले भने -" महोत्सवमा उल्लेखनीय संख्यामा उपभोक्ताहरु व्यवसायीहरु सहभागी हुने हुँदा यसबाट नेपालमा उत्पादन तथा विक्री वितरण हुने बियरहरुको प्रदर्शन एवं प्रवर्द्धन हुने र व्यवसायिक विकासमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरेका छौं । "नेपाल सरकारकाे मदिरा ऐन २०३१, मुल्य अभिबृद्धि ऐन २०५२, अन्तःशुल्क तथा आयकर ऐन २०५८ को परिधिभित्र रही नेपालीहरुको महान चाडपर्वहरुलाई मध्यनजर गर्दै उपभोक्ताहरुलाई पनि सहजता प्रदान गर्ने मनसायले यस बियर उत्सवलाई सकारात्मकताका साथ सम्पन्न गरिने उद्देश्य रहेको सुनसरि उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठकाे दावि छ । उनले भने - "महाेत्सवमा बियर वास्तवमा मदिरामात्र नभई यसको सेवनले स्वास्थ्यको लागि फायदाजनक पनि रहेको कुरा तथा वियर कन बिधिबाट बन्छ ? कति प्रकारका बियरहरु हुन्छन् ? सो बारे जानकारी गराइने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो ।"
नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश, धरान मदिरा व्यवसायी संघ र धरान वितरक संघको संयाेजनमा हुने महाेत्सव खानाका स्टल समेत रहने छ