धरान ः सप्तकोसी नदिको ब्यारेजमा पानीको बहाव उच्च भएपछि सवारी तथा पैदल यात्रीलाई आवागमनमा रोक लगाइएको छ । पानीको सतह पुलपार गरे पछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिवार दिउसो ४ बजे देखी आवागमनमा रोक लगाएको हो  । जिप्रका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले सूचना जारी गर्दै शनिवार दिउसो ४ बजे देखी अनिश्चिकालको लागी आवागमन बन्द गरिएको जानकारी दिएका हुन् ।  शनिवार साँझ सम्म कोसीमा  ५ लाख ७९ हजार ३सय९० क्युसेक पुगेपछि ब्यारेजमाथिको पुलबाट पानी बग्न थालेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । कोसीमा यस अघि सन् १९८७मा पानीको बहाव ५ लाख २३ हजार ७सय ७१ क्युसेक मापन गरिएको थियो । सप्तकोसीमा जल सतह ३७ वर्षयताकै उच्च तहमा पुगेको स्थानीय प्रशासनले जनाएको छ ।  कोसीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार   क्युसेक पुग्नसक्ने पूर्वानुमान गरेको छ । जल संसाधन विभाग पटनाका प्रधान सचिव सन्तोष कुमार मल्लले एक सूचना जारी गर्दै सप्तकोसीमा पानीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने वताएका हुन् । ४८ घण्टा सम्म सर्तक रहन र बिदामा वसेका कर्मचारीहरूलाई समेत काममा फर्कन  प्रधान सचिव सन्तोष कुमार मल्लले निर्देश गरेका हुन् ।  सप्तकोसीमा  सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो ।  पानीको बहाव उच्च भए सँगै  ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बग्न थालेकाे छ   । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको भए पनि पहाडी क्षेत्रमा भइहरेको लगातारको वर्षाको कारण पानीको बहाव निरन्तर बढिरहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले   जानकारी दिए ।  पुलबाटै पानी बग्न थालेपछि कोसी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोसी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
461344717_8638768326134435_4588302892936920548_n
श्रीलङ्का टापुमा ३४ जना थुनिए
धरान  ः बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीह? शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् ।  शनिबार बिहानैदेखि उनीह?को उद्धारका लागि ठूलो सख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाले बताउनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र  तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीह?को उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो । उहाले भन्नुभयो, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।”