धरान ; मोरङको केराबारी गाउँपालिका–८ खदम खोला अवैध उत्खनन नदिजन्य पदार्थ ओसार पसारमा प्रयोग भएका ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खदम खोलामा अवैध नदीजन्य पदार्थ ढुङ्गा उत्खनन भइरहेको सूचनाको आधारमा प्रहरीले खोला क्षेत्रमा छापा मारी १५ स्थितबाट १५ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो । खदम खोलामा अवैध नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले १५ १५ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले खदम खोलाबाट को.२ त ८३४६, को.२ त९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२,को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२, प्र.१–०२–००३ त २७१२, प्र. १–०२–००३ त १८८१, प्र. १–०२–००३ त २८३९ र प्र. १–०२–००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुले नियन्त्रणमा लिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहालले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरुलाई आवश्यक कारबाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको दाहालले बताए । ट्र्याक्टर चालक तथा अवैध उत्खनन संलग्न भने भागेको प्रहरीले जनाएको छ ।