सुनसरी ; धरानको पुरानो बजारको रूपमा रहेको फुस्रेमा बसोबास गर्ने स्थानीयहरू सङ्गठित भएका छन् । फुस्रेवासीकोहरुको भेलाले स्थानीय महेन्द्र प्रधानको अध्यक्षतामा फुस्रे समाज गठन गरेका छन् । 
फुस्रेमा बसोबास गर्ने १सय ३१ परिवारको भेलाले प्रधानको अध्यक्षतामा समाज गठन गरेका हुन् । 
123
९ सदस्य समाजको उपाध्यक्षमा पार्वती राई , महासचिवमा पुरुषोत्तम  निरौला सचिवमा  विष्णुकुमार श्रेष्ठ, र कोशाध्यक्षमा पुष्पा राई शाही रहेका छन् । समाजको सदस्यहरूमा सुनिता न्यौपाने, सुदर्शन श्रेष्ठ,कैलाश पालुङ्गा र लेख राज सुब्बा रहेका छन् । समाजको भेला  श्री शिद्देश्वर महादेव मन्दिर मा बसेको थियो ।