धरान: नेपाली काँग्रेसले समुदायमा आधारित तीज तथा जितिया पर्व विशेष कार्यक्रम गरेको छ ।नेपाली काँग्रेस, क्षेत्र नं. १, सुनसरीले बक्लौराीमा राम धुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई समेटेर कार्यक्रम गरेको हो । कार्यक्रममा तीज विशेष सङ्गिनी गाउने तथा खेल्ने, आमाछोरी बिचको गीति नाटक, तीज नृत्य प्रतियोगिता तथा जितिया पर्व र संस्कृति सम्बन्धी मौलिक गीत तथा नृत्य प्रस्तुतिका साथै घैला फुटाउने खेल, आई क्यु टेस्ट समेत गरिएको थियो । नृत्य प्रतियोगितामा राम धुनी ६ की अरुणा परियार प्रथम, राम धुनी ६ की अरुणा तामाङ दोस्रो र राम धुनी ७ की रमिता चौधरी तेस्रो भएकी थिइन । त्यसै गरी राम धुनी ७ की विष्णु राई र दीक्षा मालीले सान्त्वना स्थान हासिल गरेकी थिइन । राम धुनी ६ की कमला गुरुङ वेस्ट ड्रेसको उपाधि जित्न सफल भइन । घैला फुटाउने खेलमा राम धुनी ७ की रितिशा चौधरी र आई क्यु टेस्टमा राम धुनी ७ की मञ्जु चौधरी विजयी भएकी थिइन । उनीहरूलाई साडी, रिचार्ड कार्ड र नगद पुरस्कार प्रदान गरिएको थियो । नृत्यको निर्णायकको भूमिका प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ र नृत्य विज्ञ हिना गुरुङ राईले गरेका थिए । क्षेत्रीय सभापति सुरेन्द्र तामाङको अध्यक्षतामा र क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका काँग्रेसका सुनसरी जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारीले शुभकामना व्यक्त गर्दै क्षेत्रीय समितिले तीज र जितिया पर्वको कार्यक्रम एकसाथ गरेर प्रशंसनीय कार्य गरेको बताए । बिपी कोइरालाले पाटी जहिले पनि जनतामा जानुपर्छ भन्नुभएको बताउँदै क्षेत्रीय समितिले तीज र जितिया पर्वको अवसरमा समुदायमा आधारित कार्यक्रम गर्दै पाटीलाई जनतामाझमा पु¥याएको बताए । सभापति तामाङले तीज हिन्दु नारीहरूको चाड भएता पनि पछिल्लो समय आम नारीको साझा चाडको रूपमा विकास भएको तर महँगो, भड्किलो हुनका साथै विकृति बढ्दै गएकाले निम्न वर्गका महिलाहरूले पनि तीज पर्वमा रमाउन सकुन् भनेर टोलवस्तीमा र समुदाय स्तरमा तीज विशेष कार्यक्रम गरिएको बताए । उनले थारु जातिको विशेष सांस्कृतिक पर्व जितिया पनि नजिकै आएकाले सामाजिक र सांस्कृतिक सद्भावमा थप वृद्धि गर्ने उद्देश्यले तीजसङै जितिया पनि एकै साथ मनाइएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापतिद्धय नागेशचन्द्र राई, पङ्कज महतो, सचिव वीरेन्द्र साह, प्रदेश सांसद ममता तामाङ, राम धुनी नगर सभापति सुदिप अधिकारी, उद्योग वाणिज्य सङ्घ, रामधुनीका अध्यक्ष नविन कुमार चौधरी, क्षेत्रीय सदस्य पर्शुराम चौधरी, नेपाल महिला सङ्घ सुनसरीका सभापति विजया कटवाल, राम धुनी ६ की कार्यवाहक सभापति इन्दु राजधामी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महासमिति सदस्य जगबहादुर कार्की, कोसी प्रदेशका पूर्व मुख्य महान्यायाधिवक्ता बुद्धिबहादुर कटवाल, जिल्ला सदस्य प्रदीप बस्नेत, नेपाल किसान सङ्घ जिल्ला सदस्य भोला चौधरी, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सल्लाहकार रामराज महत, काशीराम चौधरी सदस्यहरू उमेश पौडेल, सम्राट क्षेत्री, निरज श्रेष्ठ, शिवकुमार राई, नेपाल महिला सङ्घका क्षेत्रीय सभापति नेत्रकुमारी राई, प्रदेशसभा १(१) उपसभापति झुमादेवी राई, कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, प्रदेशसभा २(२) कोषाध्यक्ष वविता कोइराला, नेपाल किसान सङ्घ प्रदेशसभा १(२) सभापति शिव कार्की, कोसी प्रदेश शुभेच्छुक संस्था समन्वय विभागका सदस्य सचिव धिरज भट्टराई, राम धुनी ६ का वडा अध्यक्ष शिवशङ्कर राजधामी, नगर सचिव दोस्तीराम चौधरी, राम धुनी १ का वडा अध्यक्ष महेश चौधरी, वराहक्षेत्र ५ का वडा अध्यक्ष रोहित काफ्ले, राम धुनी ७ का कार्यवाहक सभापति जीवन थापा मगर, वराहक्षेत्र ४ का सभापति नुतनकुमार धामी, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ क्षेत्रीय सदस्य धना लिङ्देन मगर लगायतका व्यक्तित्वहरू र थारु कल्याणकारीणी सभा, विभिन्न भजन कीर्तन समूह, समाज तथा वातावरण सरोकार संस्था, शंकरवेली उपभोक्ता समिति, सत्यवचन परम् ईश्वरीय मार्ग दर्शन संस्था लगायत नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक सङ्घसंस्थाको सहभागिता रहेको थियो ।काँग्रेसले समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चौक, वराहक्षेत्र नगरको चतरा र कालाबन्जारमा यस अघि नै गरिसकेको छ ।