धरान । कोसी प्रदेशमै पहिले पटक धरानमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने भएको छ । नेचर क्लब धरानको आयोजनामा दोस्रो केपी राई मेमो रियल ओपन फुटसल प्रतियोगिता भदौ २७ गते देखी तिन दिनसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ, भारतका सिक्किम लगायत वाट १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडीहरूको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उपबिजेताले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदीयमान खेलाडीले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । पहिलो संस्करणमा धरानका गार्डेन एपशीले उपाधि जितेका थियो । यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ ! पहिलो संवरणको पुरस्कार राशि नगद ५० हजार थियो । ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिता धरान १३ निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको दिवङ्गत बुवा केपी (कालीप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो । दिवङ्गत केपी राई भारतीय भूपू गोर्खा सैनिक सङ्घमा रहेर सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो ।