धरान : रोटरी क्लब अफ घोपा धरानले आफ्नो २२ औं पदस्थापनाको अवसरमा धरानमा अध्ययनरत ३ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ भने चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने दुई जना चिकित्सकलाई ‘लाइफ टाइम अवार्ड’ तथा सर्भिस अवार्ड वाट तथा एक व्यवसायी लाई    सम्मानित गरिएको छ ।रोटरी क्लब अफ घोपा धरानले धरान २ मा रहेको सुकुन्डा ब्यांकेट हलमा आयोजित पदस्थपना कार्यक्रममा बालिका मावि धरान १६ मा अध्ययनरत तीन जना जेहेन्दार छात्राहरु कक्षा ११ मा अध्ययनरत मुना मगर, कक्षा ९ की रितु कार्की डोली र कक्षा १० मा अध्ययनरत सुखी गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो भने चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय भएर सेवा पु¥याउदै आउनु भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. सिएस अग्रवाल र डा. निलम्बर झालाई ‘लाइफ टाइम अवार्ड’बाट सम्मानित गरिएको हो ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठलाई यातायात क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दै आएकोमा ‘सर्भिस अवार्ड’बाट सम्मानित गरेको छ ।यातायात क्षेत्रलाई व्यवस्थित विधि सङ्गत सञ्चालन तथा सुधारमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा बोल्दै रोटरी क्लब डिष्ट्रिक ३२९१ का पूर्व अध्यक्ष एवम् प्रमुख अथिति बासुदेव गोल्यानले सामाजिक कार्यमा सक्रिय र नेतृत्व क्षमता विकासका लागि रोटरीले खेलेको भूमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो । यस्तै कार्यक्रमका विशेष अतिथि कोशी प्रदेशकी सांसद यसोदा कायस्थले रोटरी क्लब अफ घो्पा धरानले शिक्षा, स्वास्थ्य तथा समाजमा विभिन्न क्षेत्रमा पु¥याएको योगदान अतुलनीय भएको बताउदै चिकित्सा क्षेत्रमा जीवन विताएका दुई जना चिकित्सकलाई लाइफ टाइम अवार्डबाट सम्मानित गरेकोमा उहाँहरुलाई बधाई ज्ञापन गर्नुभयो ।  IMG-20240819-WA0055 समारोहमा रोटरी क्लब अफ घोपाको २२औँ कार्यसमितिको पदभार ग्रहण गरेको थियो । असार १७ गते चयन भएका क्लबको २२ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेको हो ।अध्यक्ष गौरवमान श्रेष्ठ, महासचिव अतुल श्रेष्ठ, कोषाध्यक्ष प्रतीक श्रेष्ठ, निवर्तमान अध्यक्ष विजय खनाल, प्रथम उपाध्यक्ष अलांकार पलिखे, द्वितीय उपाध्यक्ष रोहन हाडा, सहसचिव राम राजभण्डारी, सहकोषाध्यक्ष सुनिता रिजालले पदभार ग्रहण गरे ।साथै एडमिन चियर सौरब अग्रवाल, मेम्बरसिप चियर विजय मानन्धर, पब्लिक इमेज चियर सैलेश आचार्य, सर्भिस चियर नवीन तामाङ, टिआरएफ चियर डा.सुधा अग्रवाल, यूथ सर्भिस चियर मुकेश अग्रवाल, सारजेन्ट एट आम्र्स पबन अग्रवालले पदभार ग्रहण गरे ।रोटर्याक्ट संयोजक सन्तोष अग्रवाल, इन्टरर्याक्टस संयोजक डा.आषिश श्रेष्ठ, ट्रेनर तुलसी प्रसाद वस्ती, मेन्टर डा.विक्रम श्रेष्ठ, इडिटर नीराजन श्रेष्ठ र आरसिसि गोपाल श्रेष्ठ सहितको कार्यसमितिले कार्यभार ग्रहण गरेको थियो । कार्यसमितिले ११ जना नयाँ सदस्यहरूको ईन्डक्सन एस्सिटेन गभर्नरले चयन गर्नेछ ।