धरान : सशस्त्र प्रहरी बलले सुनसरीको सीमा नाकाहरूमा कडाइ गरेको छ । चोरी तस्करी सहित लागु औषध नियन्त्रण भारतीय सीमा नाकाहरूमा सशस्त्र प्रहरीले कडाइ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेड क्वाटर सुनसरीले ठुलो परिमाणमा गाँजा र ब्राउन सुगर सहित कारोबारी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले सुनसरीको इनरुवा नगरपालिका –९ स्थित बबिया चोकबाट गाडि सहित ११५.७ केजी गाँजा तथा कारोबारी २ जनालाई आइतबार दिउसो करिब साढे ३ बजे पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेड क्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक काशीराम चौधरीको कमान्डमा खटिएको संयुक्त टोलीले गाँजा र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरी गढी गाउँपालिका १ बुढी मोरङका ३२ वर्षीय राम कुमार राई र सोही ठाउँका २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् । सशस्त्र प्रहरीले प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बर टाटा सफारी गाडीमा गाँजा राखेर भारतिय सीमा तर्फ लादै गर्दा नियन्त्रणमा लिएको हो ।
ब्राउन सुगर सहित २ जना पक्राउ

सुनसरीको भोक्राहा नरसिंह वाट ९.४ ग्राम ब्राउन सुगर सहित २ जनालाई शस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहत एफ.ओ.पी.ईस्राईल कामत वाट पक्राउ गरेको छ ।उनीहरूलाई नरसिंह गाउँपालिका –६ वाट सशस्त्र प्रहरी भूपेन्द्र नेम्वाङ्गको कमान्डको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १३ का ४२ वर्षीय जीवन राई र सुनसरी भोक्राहाका २७ वर्षीय महफुज आलमलाई रहेका छन् । उनीहरूले भारतीय सीमा बाट नेपालतर्फ पैदल आउँदै गर्दा शङ्का लागि चेकजाँच गर्ने क्रममा कालो प्लास्टिकले बेरेको प्लास्टिक सहित अन्दाजी २२.४ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसै गरी उनीहरूको साथबाट १६ ट्याब्लेट स्पास्मो, ८ ट्याब्लेट निट्रोभेट लागू औषध बरामद भएको थियो ।
६ केजी गाँजा सहित माेसा बरामद

सुनसरी देबानगजं गाउँपालिका ५ पालटोल सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. साहेबगंजले गत साउन ८ गते ६ केजी गाँजा नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापाको कमान्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतीय मोटर साइकललाई चेकजाँच गाँजा बरामद भएको हो । कारोवारी भने प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर फरार भएको गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेड क्वाटर सुनसरी जनाएको छ । पक्राउ गरिएका लागु औषध , कारोबारी र सवारी साधनहरु आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक समयनन्द बर्जचार्यले जानकारी दिए ।