धरान   सुनसरीको धरान उपमहानगरपालिका–१६ की २१ वर्षीय सुमना श्रेष्ठको  हत्या आरोपीलाई प्रहरीले पक्राउ गरि सार्वनजिक गरेको छ ।   इलाका प्रहरी कार्यालय, धरानले सुमनाको हत्या आरोपी उनकै प्रेमी धरान १६का सविन भनिने बाबुराम भुजेललाई प्रक्राउ गरि सार्वजनिक गरेको हो ।   शुक्रबार ईलाका प्रहरी कार्यलय धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्याका आरोपि भुजेललाई घटनाको सुचना पाएको २४ घण्टा नबित्तै धनकुटाबाट नियत्रणमा लिएको जनाएको छ ।  प्रेम सम्बन्धलाई लिएर श्रेष्ठको धारिलो हतियार खुकुरी प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी बिपिन रेग्मिले बताउनुभयो । प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत सार्वजनिक गरेको छ । श्रेष्ठको गएको चैत्र ७ शव  धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान र डिपोट स्कुलबिचको खोल्सामा फालिएको अवस्थामा शब फेला परेको थियो  । श्रेष्ठका अर्को सग प्रेम सम्बन्ध भएको आशंकामा पुर्व योजना वनाई फोन गरि वोलाएर बाबुरामले चैत्र ६ गते राती खुकुरीले घाटि रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।  उनको हत्या वछि शव खोलामा फालेर  बाबुराम धनकुटाको मुलघाटमा लुकेर वसेको अवस्थामा प्रहरीले विहिबार पक्राउ गरेको थियो ।   सुनसरी प्रहरी स्रोतका अनुसार उनी सुमनाको प्रेमी हुन् । घटना भएको दिन सुमन र भुजेल थर भएका उनका प्रेमी एउटै स्कुटरमा घोपा क्याम्पमा प्रवेश गरेको सिसिटिभीमा देखिएको छ । प्रहरीका   अनुसार श्रेष्ठको हत्या १२ देखि २ बजेको बिचमा भएको हो । घटनाको दिन सुमनासँग विवाद भएको अभियुक्त भुजेलले प्रहरीमा बयान दिएका छन् । सुमना हत्याको घटनापछि उनी धनकुटा गएर लुकेर बसेका थिए । प्रहरीले घटना पछि उनिका अर्का प्रेमी सहित चार जनालाई नियन्त्रणमा लिएको भए हत्यामा संलग्न नभएको जनाएको छ ।