इटहरी  । सुनसरीको इटहरी रंगशालामा पहिलो पटक रात्री कालिन फुटवल शनिवार देखी सुरुहूदै छ ।  रंगशालमा हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण रात्रिकालिन हुन लागकोे हो । साझ ६ः३० वजे देखी सुरु हुने  गोल्डकपको सम्पुर्ण   सम्पूर्ण तयारी पुरा भएको छ ।  गोल्डकपको   उद्धघाटन खेलमा  साबिक बिजेता सगरमाथा युथ क्लब मोरङले  बिभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफको सामना गर्ने छ ।   प्रतियोगिता इटहरी रंगशालामा सांझ साढे ६ बजेपछी फलड लाइटमा सुरु हुने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीले जनाएको छ । एक सातासम्म चल्ने गोल्डकपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिने  क्लबका अध्यष सन्त तामाङले जानकारी दिए  । बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन । गोल्डकपलाई आगामी बर्ष पनि रात्रीकालिन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । जसका लागि गत अर्थिक बर्षमानै इटहरी रंगशालामा फ्लर्ड लाईट जडान गरिएको थियो । रंगशालाको उत्तर र दक्षिण तर्फको कुनामा लाइट जडान गरिएको छ । रंगशालामा लाईट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले गत आर्थिक बर्षमा ८० लाख रुपैया बजेट उपलब्ध गराएको थियो । चालु आर्थिक बर्षमा थप रकम उपलब्ध नभएकाले बांकी लाइट अस्थाइरुपमा जडान गरिएको छ ।