धरान। मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा 'मिस धरानआईकन "को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए।
धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा " मिस धरान आईकन २०२३ " हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका युवतीहरु भाग लिन पाउने " मिस धरान आईकन २०२३ "को पहिलो अडिसनमा निर्णायकहरु कोरियोग्राफर प्रोजिता लामा, मिस धरानआईकन फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए। यस्तै मिस धरान आइकन को अफिसियल फेसबुक पेज www.facebook.com/missdharaniconofficial मा रहेको अनलाइन फर्म https://shorturl.at/ghkNT मार्फत आवेदनहरू दिन सकिने आयोजक हरिहाङ्ग तिगेलाले बताए ।यही हफ्ता अन्य अडिसन गरी छानिएका प्रतियोगीहरुलाई २० दिनको प्रशिक्षण दिईनेछ। मिस धरान आइकन २०२३ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन् ।