सुमित कार्की

धरान । वर्तमान समयमा नेपाली राजनीतिमा दलबीच भन्दा उमेर समूहबीच बडो मज्जाको प्रतिस्पर्धा चलिरहेकाे छ । प्रतिस्पर्धाकाे  एकतर्फ छन् युवा समूह, जो देशमा चलि आएको राजनीतिक व्यवस्थालाई नयाँ ढङ्गले अघि बढाउन जुर्मुराएर लागि परेका छन् । अनि अर्काे तर्फ छन् अनुभवी पाका समेर समूह, जो चुनावैपिछे घोषणापत्र त निकाल्छन् तर लेखिएका कुरा पूरा गर्न सधैं बिर्सिन्छन् ! जनतामा राजनीतिक दलहरुप्रति उब्जिएको असन्तुष्टिका कारण वर्तमान अवस्थामा राजनीतिप्रति युवा पुस्तामा आकर्षण बढ्दो छ । दर्ता भएका, हुँदै गरेका नयाँ दलहरुमा पनि युवा जमात नै ज्यादा पाइने गरेको छ । वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि युवा उम्मेदवारीहरुको उल्लेखनीय सहभागिता थियो ।

22


नेपालकाे वर्तमान राजनीतिक अवस्था देखेर थाकेका जनताहरुमा उर्जा बढाउन युवा पुस्ताको नेतृत्व गर्दै धरानका उमेश थापाले प्रदेशसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दिएका छन् । आसन्न संसदीय चुनावमा थापा नेपाली काङ्ग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं १ (क) का प्रदेशसभा उम्मेदवार हुन् । राजनीतिसँगै सामाजिक सेवामा थापा निकै सक्रिय छन् ।

प्रदेशसभा सांसदका प्रत्याशी उमेश थापा विद्यार्थीकालबाटै राजनीतिमा होमिए। थापा २०४६ सालमा नेविसङ्घको विद्यालय तहका कमिटी सभापति बने। २०४६ सालमा भएको पहिलो जनआन्दोलनमा उनी सक्रिय आन्दोलकारीको रुपमा सडकमा उपस्थित थिए । २०४८ सालमा नेविसंघ सुनसरी-१ का क्षेत्रीय सचिव रहेका थापा २०५१ मा सुनसरी जिल्ला सचिवमा उक्लिए । त्यस लगत्तै उनले काङ्ग्रेसको युवा राजनीतिमा डेब्यू गरे । छाेटाे समयमा नै राजनीतिमा फड्काे मारेका थापा २०५९ सालमा नेपाल तरुण दलका सुनसरी जिल्ला सदस्य बन्न सफल भए ।

०६२/०६३ को दोस्रो जनआन्दोलनपश्चात्त नेपालमा गणतन्त्रकाे स्थापना भयाे । राजतन्त्रकाे अन्त्य गर्न उनले पनि आफ्नाे शक्तिले भ्याएसम्मकाे नेतृत्वदायी भूमिका निर्वाह गरे । २०६७ मा सम्पन्न नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला समिति सदस्य बने । तेह्रौँ महाधिवेशनमा उनी महासमिति सदस्य चयन भए । २०७३ सम्म काङ्ग्रेस सुनसरी जिल्ला सदस्य रहेका थापा २०७८ मा सम्पन्न चौधौँ महाधिवेशनबाट नेपाली काङ्ग्रेस प्रदेश १ महामन्त्रीमा निर्वाचित हुन सफल भए ।

थापा सुनसरी जिल्लाभर नै सामाजिक र राजनीतिक दुवै क्षेत्रका गतिशील युवाकाे रूपमा परिचित छन् । विद्यार्थीकालबाट नै सामाजिक सेवाको क्षेत्रमा निकै रुचि राख्ने उनले २०५५-५९ सालसम्म नेपाल परिवार नियोजन सङ्घको युवा संयोजक र जिल्ला समिति सदस्य भएर काम गरे । यसै क्रममा २०६९ सालमा थापाले नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम संयोजकको कर्तव्य पूरा गरे । लगत्तै २०७० मा भएको रेडक्रसको निर्वाचनमा उनी सभापति निर्वाचित भए । रेडक्रसको दोस्रो कार्यकालमा पनि पुनः निर्वाचित भएका थापा हाल सम्म सभापति छन् । आफूले पाएकाे भूमिका निर्वाह गर्न अब्बल मानिने उनकाे सामाजिक सेवाको क्षेत्रमा पाइला निरन्तर चलिरहेकाे छ ।


311786620_5607251206010069_4674910491100970750_n

युवा नेतृत्व स्थापित गर्ने अठोट 

देशमा ठुला ठुला राजनीतिक परिवर्तन आए । तर जनता ति परिवर्तनका साक्षी मात्र बन्न पुगे । राजनीतिक परिवर्तनले न राजनीतिक व्यवस्था नै फेरियो न जनताको अवस्था नै । चलिरहेकाे यहीँ अवस्थाकाे अन्त्य गर्दै जनताका मनमा जागेका तमाम आकांक्षाहरु पुरा गर्न आफूले उम्मेदवारी दिएको प्रदेशसभा सदस्य प्रत्याशी उमेश थापा बताउँछन् ।

‘दलप्रति जागेको जनताको असन्तुष्टि अन्त्य गर्न अब दल होइन दलको नेतृत्व परिवर्तन हुनुपर्दछ । त्यसको लागि युवा पुस्ता नेतृत्व लिनका लागि तयार हुन जरुरी छ’ उनी भन्छन्, 'अबको राजनीति चुनाव जितेर जनताका माझ रहेर उनीहरूका आवश्यकता पुरा गर्न केन्द्रीत हुनुपर्छ ।' उनले चुनावी संकल्पपत्रमा विकासका न्यूनतम आवश्यकताहरू समेत उल्लेख गरेका छन् । ८१ बुँदाको सङ्कल्पहरूमा उल्लेख भएका बुँदाहरूले प्रदेश १ (क) को मात्र होइन समग्र क्षेत्रकै विकासमा नयाँ फड्को मार्न सक्ने उनी बताउँछन् । थापाको पहिलो सूचीमा उनले जन्मथलो धरानलाई राखेका छन् ।

थापाकाे संकल्प

धरान नक्सामा उपमहानगर त बन्यो तर यसमा गाभिएका गाउँहरूमा भने अझै आवश्यक पूर्वाधारहरु छैनन् । यसको पूर्तिका लागि संकल्पपत्रमा सडक, पुल ग्राभेलका योजनाहरू समेटिएका छन् । पछिल्लो समय कृषि क्षेत्रमा स्थानिय समुदायका सक्रियता बढेको छ । उपमहानगरको कृषि क्षेत्रको व्यवस्थित विकास र बजारीकरणका लागि संकल्पपत्रमा योजनाहरू औँल्याइएका छन् । धरानमा सुविधा सम्पन्न अस्पताल भए पनि बिरामीहरूले भेण्टीलेटर नपाएर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई संकल्पपत्रमा समेटिएको छ । सप्तकोशी नदीबाट खानेपानी ल्याउने र धरान-लेउती सुरुङ मार्गसँग धरानलाई जोडेर तमरबाट पानी ल्याउने सम्भाव्यताका विषय पनि संकल्पपत्रमा समावेश गरिएकाे छ । खानेपानीको समस्या समाधान गर्न दीर्घकालिन बृहत् खानेपानी योजना निर्माण गर्ने र त्यसका लागि प्रदेश र केन्द्रीय सरकारबाट बजेट ल्याउने पहलको प्रस्ताव संकल्पपत्रमा गरिएको छ ।
Umesh Thapa next  (4)